प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’
ratopati.com · Fri Apr 24 17:31:23 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ओखलढुङ्गाका सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको भन्दै आक्रोश पोखेको घटनामा रास्वपाकै अर्का सांसद गणेश कार्कीले उनलाई लक्षित गर्दै कडा व्यङ्ग्य गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै सांसद कार्कीले पदको घमन्ड नगर्न र चुनावी प्रतिबद्धता नबिर्सन आफ्नै सहकर्मीलाई सांकेतिक रूपमा सचेत गराएका हुन् । उनले माननीय भन्दा सांसद भनिनु नै आफूलाई प्रिय लाग्ने बताउँदै जनप्रतिनिधिहरूले विनम्रता गुमाउन नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)