पश्चिम नवलपरासीमा व्यावसायिक मेवा खेती सुरु
ratopati.com · Fri Apr 24 17:41:15 GMT 2026

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा अर्ग्यानिक मेवा खेतीबाट प्रशस्त आम्दानी हुने गरेको छ । सुस्ता गाउँपालिका–३ रैवा निवासी ४० वर्षीय अर्जुन सहानीले जिल्लामा व्यावसायिक रूपमा मेवा खेती सुरु गरी हालसम्म रु तीन लाख आम्दानी गरेका हुन् ।
कोरियाको वैदेशिक रोजगारीबाट फर्किएपछि परिवारसँग मिलेर अर्ग्यानिक मेवा खेती गर्न थालेको उनले बताए । उनले भने, “कोरियाबाट मेवा खेतीसम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न थालेको एक वर्ष भयो । अहिले मेवा बगैँचामा दैनिकी बित्ने गरेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)