मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मध्यपुरथिमिले नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा नगरवासीलाई ५० प्रतिशत छुट दिने 

palikakhabar.com

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्ना नागरिकका लागि उपचारमा ५० प्रतिशतसम्मको विशेष छुट प्याकेज सार्वजनिक गरेको छ । अस्पतालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पतालमा बीमा सेवा बन्द भएकाले आफ्ना नगरवासीका लागि उपचारमा ५० प्रतिशतसम्म छुटको प्याकेज ल्याएको बताए ।

‘बीमाको रकम नदिएपछि बन्द भएको बीमा सेवाका कारण नगरवासीलाई समस्या परेको हामीले महसुस गरेका छौँ, त्यसैले मध्यपुरथिमिका बासिन्दालाई टिकटदेखि उपचारसम्म विशेष छुटको प्याकेज ल्याएका हौँ’, उनले भने, ‘मध्यपुरथिमिवासी ८० वर्ष नाघेकालाई ५० प्रतिशत, ७० वर्ष नाघेकालाई २५ प्रतिशत र त्यसभन्दा तल उमेरकालाई स्वास्थ्य सेवामा १० प्रतिशत छुट दिने निर्णय गरेका छौँ ।’ अस्पतालले विशेष छुट प्याकेज भोलि पुस १ गतेदेखि नै लागू गर्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)