मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्ची पानीको पर्खाइ

ekantipur.com · Wed Jan 17 00:41:26 GMT 2024

नेपालमा विवादले होस् कि कामले, राष्ट्रिय गौरवका नाममा सुरु भएको आयोजना हो मेलम्ची आयोजना । हरेक दिन, महिना, वर्ष र वर्षौं वर्ष चर्चा हुने विकास आयोजना भएको छ मेलम्ची ।

निर्माण घोषणा गर्दाको दिनदेखि विभिन्न विवाद तनावले कहिले कर्मचारीको विरोध, कहिले स्थानीय जनताको विरोध, त कहिले मेलम्ची आयोजनाको नाममा किनिएका महँगो गाडी नेता र कर्मचारीले चढेको नाम होस् वा अन्य धेरै कुरामा मेलम्ची आयोजनाको चर्चा हुँदै आएको छ । इतिहासमा यो पहिलो विकास आयोजना होला, देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीसम्मले विभिन्न काम र नाममा पाँच पटक उद्घाटन गर्ने सौभाग्य प्राप्त गरे । नपाऊन् पनि किन ? हरेक वर्षात्को समय बन्द हुन्छ । खोलामा आएको बढीले माटो, बालुवा र ढुंगा बगाएर हेडवर्क्समा पुरिदिन्छ । त्यो माटो बालुवा र ढुंगा पन्छाएर काठमाडौंमा पानी पठाउन सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गर्छ । पटक–पटकको यो समस्या दीर्घकालीन रूपमा समाधान गर्न नसक्ने तर बर्सेनि करोडौं खर्च गर्न तल्लीन भएर लागेका छन् जिम्मेवार निकायहरू ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)