मध्यरातसम्म राजनीतिक भेटवार्ता, गठबन्धन विघटनतर्फ
lokaantar.com
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले वैकल्पिक गठबन्धन बनाउने कसरत गरेपछि कांग्रेस सहितको वर्तमान सत्ता गठबन्धन विघटनतर्फ उन्मुख भएको छ । सत्ता समीकरणमा फेरबदल गर्नेगरी आइतबार राति अबेरसम्म राजनीतिक भेटवार्ता चलेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दललाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुनमा सहमति कायम गरेका छन् । नेकपा एमाले र रास्वपाको सहभागितामा भएको छलफलमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसलाई ‘बाइकट’ गरिएको तथा विकसित घटनाक्रमले कांग्रेस सम्मिलित वर्तमान सत्ता गठबन्धन विघटन उन्मुख भएको विश्लेषण सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
नेकपा एमाले
बर्षमान पुन
शेरबहादुर देउवा