एनएनआइपिए अवार्ड चैतमा
nayapatrikadaily.com · Tue Mar 05 00:35:00 GMT 2024
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा स्पोर्टस् अवार्ड १२ चैतमा हुने भएको छ । आयोजक एनएनआइपिएले सोमबार पत्रकार सम्मेलन गरी अवार्डको मिति घोषणा गरेको हो । अवार्डमा गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानेर मनोनयन गरिने एनएनआइपिएका सचिव मन्डेकाजी श्रेष्ठले जानकारी दिएका छन् । ३६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरेका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिने उनले बताए ।
एनएनआइपिएले आयोजनाको स्थान भने पक्का गरेको छैन । ‘हामीले ललितपुरभित्रै अवार्ड गर्ने घोषणा गरिसकेका छौँ । चैतमा अत्यधिक वर्षा हुँदा त्यहीअुनसारको स्थान खोज्ने क्रम जारी छ,’ श्रेष्ठले भने, ‘विगतका केही वर्षदेखि उपत्यकाभित्र विभिन्न ऐतिहासिक, सांस्कृतिक सहरमा हुँदै आएको यो कार्यक्रम यसपटक ललितपुरमा हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)