इन्टरनेट सेवा अवरुद्ध हुँदा काम ठप्प
gorkhapatraonline.com · Sat May 23 02:15:09 GMT 2026

जिल्लाको खार्पुनाथ गाउँपालिका–१ मा तीन हप्तादेखि इन्टरनेट अवरुद्ध हुँदा वडा कार्यालयबाट गरिँदै आएको अनलाइनसम्बन्धी काम पूर्ण रूपमा ठप्प भएको छ ।
खार्पुनाथको लालीमा जडान गरिएको वल्र्ड लिङ्कको इन्टरनेट सुचारु नभएपछि वडा कार्यालयबाट दिइने सेवा जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता र बसाइँसराइलगायतका सबै प्रकारका पञ्जीकरण सेवा प्रभावित बनेको छ । उक्त सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक आवश्यक कामका लागि करिब तीन घण्टा पैदल हिँडेर गाउँपालिका केन्द्र याङ्चु बजारमा धाउनुपर्ने बाध्यता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)