मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनधिकृत शक्ति अभ्यासलाई संस्थागत गरेर बालेनले कस्तो सुशासन दिँदै छन् ?

barnanmedia.com · Fri Apr 24 21:45:18 GMT 2026

बालेन्द्र शाह नेतृत्वको सरकारमा अहिले केही व्यक्ति अनधिकृत शक्ति अभ्यासमा तल्लीन देखिएका छन् । प्रधानमन्त्री र मन्त्रीका निकट केही व्यक्तिहरु आफैलाई समानान्तर सरकारजस्तो गरी धम्की र आतंक फैलाइरहेका छन् । सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक संस्कृतिको नारा बोकेर सत्तामा पुगेको यो नेतृत्वकै कार्यशैलीमाथि अहिले अनधिकृत शक्ति अभ्यासको आरोप लाग्नु आफैंमा विडम्बनापूर्ण छ । अहिले उठिरहेका यी प्रश्नहरू सामान्य प्रशासनिक कमजोरीका होइनन्, राज्यसत्ताको चरित्रसँग प्रत्यक्ष जोडिएका गम्भीर संकेत हुन् ।

गृहमन्त्री सुधन गुरुङको राजीनामा यसको सबैभन्दा स्पष्ट उदाहरण बनेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका व्यक्तिसँगको व्यावसायिक सम्बन्ध सार्वजनिक भएपछि उनी पदबाट बाहिरिन बाध्य भए । तर, प्रश्न यहाँ समाप्त हुँदैन । उनको बहिर्गमनपछि पनि मन्त्रालयमा उनकै स्वकीय सचिव जेम्स कार्की सक्रिय रहनु केवल प्रशासनिक विचलन होइन, संस्थागत अनुशासनमाथिको ठाडो प्रहार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)