मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

barnanmedia.com · Mon Jul 22 23:39:12 UTC 2024

बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट नम्बर’ राख्न थालेको छ । विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका झण्डै एक सय स्थानमा स्टेट नम्बर र गल्लीको नाम राख्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समितिमार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्टेट नम्बर राख्न थालिएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । उहाँका अनुसार रु पाँच लाख नगरपालिकाको बजेटले एक सय स्थानको नम्बर र टोलको नाम राख्न थालिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)