मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदरको दुखले बसाईँ सर्दै किसान

kendrabindu.com · Sat May 23 02:23:46 GMT 2026

उदयपुर । उदयपुरको विकट पहाडी क्षेत्रको ताप्ली गाउँपालिका–५ भदौरेका चक्रबहादुर मंग्रातीले जीवनभर मेहनतले जोतेको खेतबारी, पुर्ख्यौली घर र गाउँ नै छाड्नुपर्‍यो । हरेक वर्ष खेतबारीमा लगाएको धान, मकै, कोदो, फलफूल र तरकारी बाँदरले सखाप पार्न थालेपछि उनी विकल्पहीन बने । अनेक उपाय अपनाउँदा पनि खेती जोगिन नसकेपछि मंग्राती परिवारसहित काठमाडौंको कीर्तिपुर बसाइँ सरेका छन् ।

अहिले उनी दैनिक ज्याला मजदुरी गरेर जीविका चलाइरहेका छन् । ‘खेती नै हाम्रो जीवन थियो तर, बाँदरले उत्पादन भित्र्याउनै दिएन,’ मंग्रातीले पीडा पोख्दै भने, ‘महिनौंको दुःख एकैछिनमा सखाप पारिदिएपछि गाउँ छाड्नुको विकल्प रहेन ।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)