भारतद्वारा नवलपरासी (पूर्व) मा विद्यालय भवन निर्माण
ratopati.com · Fri Jun 07 17:27:00 UTC 2024

काठमाडौँ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । रु दुई करोड ७५ लाख आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।
आज नेपाली कांग्रेसका नेता एवं सांसद डा शशाङ्क कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्त रुपमा भवनको उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)