मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम विश्लेषणः यस्तो आगामी तिन दिनको मौसम?

ajakoartha.com · Mon Jul 22 23:58:00 UTC 2024

काठमाडाैं- उपत्यका लगायत देशैभर अझै दिन भारी वर्षाको संम्भावना रहेको छ । मौसम पूर्वअनुमान महाशाखाका अनुसारहाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको हो । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक -दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)