मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इन्द्रावती बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

gorkhapatraonline.com · Sat May 23 02:42:42 GMT 2026

गएराति इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल (मोडर गुड्ने) पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा अवरुद्ध भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)