लिगको अन्तिम खेलमा हैदराबादसँग हारेर पनि आरसीबी पहिलो स्थानमै, पहिलो क्वालिफायरमा गुजरातसँग खेल्ने
annapurnapost.com · Sat May 23 02:34:50 GMT 2026
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)लाई ५५ रनले पराजित गरेको छ। सनराईजर्स हैदराबादसँग लिगको अन्तिम खेलमा हार बेहोरे पनि आरसीबी तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानमा रहेको गुजरात टाइटन्ससँग पहिलो क्वालिफायर खेल्ने भएको हो।
आरसीबीलाई हराएको सनराइजर्सले भने एलिमिनेटरमा खेल्नेछ। हैदराबादस्थित राजिव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २५५ रन बनाएको थियो। हैदराबादले दिएको २५६ रनको विजयी लक्ष्य पछाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)