मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किन रोकियो मौद्रिक नीति ?

ekantipur.com · Tue Jul 23 00:09:26 UTC 2024

काठमाडौँ — राष्ट्र बैंकले तयारी पूरा गरेर मौद्रिक नीति सार्वजनिक गर्ने योजनासाथ गत शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको थियो, तोकिएकै समयमा बैठक बस्यो तर मौद्रिक नीति आएन । यो किन रोकियो र अब कहिले आउँछ भन्नेमा राष्ट्र बैंकले नै जवाफ दिन सकिरहेको छैन ।

प्रश्न माथिल्लो निकायतिर सोझिएको छ तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयले भने कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकका अर्का अधिकारीका अनुसार अन्तिम समयमा प्रधानमन्त्री कार्यालयबाट मौद्रिक नीति रोक्न निर्देशन आएको थियो । त्यसपछि सोमबारसम्म पनि सरकारका तर्फबाट कुनै संकेत आएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)