भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला उद्घाटन सम्पन्न
ratopati.com · Mon Nov 10 18:44:00 GMT 2025

भक्तपुर। भक्तपुर क्यान्सर अस्पतालले सोमबार आफ्नो ३१औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशालाको उद्घाटन गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लब, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघसंस्थाहरूको सहकार्यमा वि.सं. २०५१ सालमा स्थापना भएको अस्पतालले सोमबार अस्पताल प्राङ्गणमा आफ्नो ३१ औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशालाको उद्घाटन भव्यताका साथ सम्पन्न गरेको हो ।
कार्यक्रमको अध्यक्षता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव तथा अस्पताल विकास समिति अध्यक्ष प्रा. डा. श्रीकृष्ण श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय डा. सुधा गौतम शर्मा रहेकी थिइन्। सो अवसरमा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापामगर, संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ लगायत प्रदेशसभा सदस्य, स्थानीय निकायका प्रमुख र स्वास्थ्य क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)