मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हडतालबाट पछि हटे वायुसेवा सञ्चालक

ekantipur.com · Wed Jun 22 00:34:51 GMT 2022

काठमाडौँ — अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जहाज स्थानान्तरण र घोषित आन्दोलनका विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि घोषित आन्दोलन स्थगन गरिएको बताए । ‘प्राधिकरणसँग हाम्रा ५ बुँदे मागबारे संवाद जारी नै छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)