जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
ratopati.com · Mon Jun 15 22:30:24 GMT 2026

खोटाङ । जिल्लाको जन्तेढुङ्गा गाउँपालिका(३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन् ।
उक्त विद्यालयमा गरिब, दलित र असहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ । गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यस विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत रहेकामा दुई जनाले शुल्क तिरेर अध्ययन गरिरहेका विद्यालय प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
शिक्षक आन्दोलन