मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेन्‍नेई आइपीएलको शीर्ष स्थानमा

ekagaj.com · Thu Apr 22 00:31:08 GMT 2021

काठमाडौँ : आइपीएल क्रिकेटमा चेन्नेई शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा कोलकातालाई १८ रनले हराउँदै चेन्नेई बेंगलोरलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । उसका लागि फाफ डुप्लेसिसले ९५ रन बनाए । २२१ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता १९ ओभर १ बलमा अलआउट हुँदै २०१ रनमा सिमित भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)