बाढीपीडितका निम्ति सरकारलाई सहयोग गर्ने बैंकर संघको प्रतिबद्धता
baahrakhari.com · Thu Aug 27 08:06:03 GMT 2026

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बाढी प्रभावित जिल्लाहरूमा कार्यरत अधिकांश बैंक कर्मचारीहरू सुरक्षित रहे पनि अझै केहीसँग सम्पर्क स्थापित हुन नसकेको जनाएको छ । संघले बिहीबार (भदौ ११) विज्ञप्ति जारी गर्दै बाढी तथा डुबानका कारण प्रभावित जिल्लाहरूमा बैंकका केही शाखा समेत प्रभावित भएको जनाएको छ ।
“त्यसका साथै विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लाहरूमा नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको छ । यद्यपि, बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्न तथा प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेका छन्,” संघले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)