टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध क्यानडा १२ रनले विजयी
baahrakhari.com · Fri Jun 07 18:06:37 UTC 2024
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा एसोसियट राष्ट्र क्यानडाले टेस्ट टोली आयरल्यान्डविरुद्ध १२ रनको जित निकालेको छ ।
शुक्रबार न्यु योर्कमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो । क्यानडालाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो । तर, अन्तिम ओभर बलिङका लागि आएका जेरेमी गोर्डोनले एक विकेट लिएर चार रनमात्र खर्चिएपछि क्यानडाले टेस्ट राष्ट्रविरुद्ध १२ रनको सनसनीपूर्ण जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)