मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकांश स्थानीय तहको बेरुजु न्यून

gorkhapatraonline.com · Sat May 23 03:20:47 GMT 2026

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार पूूर्वी नवलपरासीका अधिकांश स्थानीय तहको बेरुजु प्रतिशत न्यून देखिएको छ ।

प्रतिवेदन अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये हुप्सेकोट गाउँपालिकाको बेरुजु प्रतिशत सबैभन्दा कम रहेको छ । गाउँपालिकाको बेरुजु ०.०१ प्रतिशत मात्रै रहेको उल्लेख गरिएको छ । त्यस्तै बौदीकाली गाउँपालिकाको ०.०२ प्रतिशत, देवचुली नगरपालिकाको ०.२२ प्रतिशत, विनयी त्रिवेणी गाउँपालिकाको ०.३३ प्रतिशत, बुलिङटार गाउँपालिकाको ०.३८ प्रतिशत, मध्यविन्दु नगरपालिकाको ०.३१ प्रतिशत तथा कावासोती नगरपालिकाको ०.३५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)