सिकलसेल रोग : गाउँघरमै शिविर सञ्चालन
gorkhapatraonline.com · Sat May 23 03:27:49 GMT 2026

विशेष गरी थारू समुदायमा बढी मात्रामा देखिने गरेको सिकलसेल एनिमिया रोगको पहिचानका लागि घोराही उपमहानगरपालिकाले परीक्षण शिविर सञ्चालन गरेको छ । घोराहीको नारायणपुरस्थित सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरमा सो रोगको परीक्षण गराएकी १३ वर्षीय उर्मिला चौधरीले रोगबारे जानकारी भएपछि आफू ढुक्क हुने बताउनुभयो ।
उहाँ जस्तै शिविरमा आफ्ना श्रीमान्लाई साथ लिएर आएकी घोराही उपमहानगरपालिका–११, चाघु निवासी कुमारी चौधरीले परीक्षण गराउनुभएको छ । तीन वर्षअघि हातखुट्टा दुख्ने र अत्यधिक थकान महसुस हुन थालेपछि उपचारका लागि घोराहीको बुद्ध अस्पताल पुगेको र त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर हुँदै भारतसम्म उपचारका लागि धाउनु परेको बताउनुभयो । अन्ततः काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचार गराउँदा सिकलसेल एनिमिया भएको पुष्टि भएपछि उहाँ अहिले नियमित उपचारसँगै शरीरमा रगत चढाउँदै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)