सबैको सहयोग भए समयमै विद्यालय शिक्षा ऐन जारी हुन्छ : शिक्षामन्त्री पन्त
baahrakhari.com · Mon Jun 23 17:34:56 GMT 2025

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबैको सहयोग भए समयमै विद्यालय ऐन जारी हुने बताएका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले सरकार र शिक्षक महासंघसँग भएका सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षा ऐन ल्याउन सरकार तयार रहेको उल्लेख गरे । विभिन्न सरकारका पालामा शिक्षकका संघ संगठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत रहेको स्पष्ट पारे । उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्त्रालयले धारणा निर्माण गरेर समितिमा छलफल गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)