सिंह दरबारबाट अनिर्वाचितहरूले शासन चलाइरहेको रामकुमारी झाँक्रीको आरोप
nepallive.com · Tue Jul 07 08:47:57 GMT 2026

काठमाडौं– एमाले सांसद रामकुमारी झाँक्रीले अनिर्वाचितहरूले सिंहरदबारबाट शासन चलाउने तरिका के हो भनेर प्रश्न गरेकी छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा उनले सुशासनको नारा दिएर आएको सरकार र उसका मन्त्रीहरूको पछाडि धेरै व्यक्तिहरूलाई जागिर दिइएको विषयमा पनि प्रश्न गरिन् ।
‘ब्युरोक्रेसीमा रहेका धेरै मानिसहरूले धमाधम राजीनामा दिएको भन्ने छ । र मन्त्रीहरूका पछाडि दर्जानौँ विशिष्ट श्रेणी, प्रथम श्रेणी, रि दृतीय श्रेणीका अफिसरको तलब पाउने गरी नियुक्ति गरिएको भन्ने कुराहरू आइरहेका छन् । यो के हो ? ,’झाँक्रीले प्रश्न गरिन्, ‘सुशासनको नारा दिएर आएका मान्छेहरू, सोपानमा आधारित ब्युरोक्रेसी र प्रशासन पनि नचलाउने अनिर्वाचितहरूले सिंहदरबारमा शासन चलाउने तरिका के हो ?’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)