मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव

ratopati.com · Mon Jun 23 16:54:00 GMT 2025

काठमाडौँ । होटल सङ्घ नेपाल (हान) ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

हानको प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेट गरी पर्यटन तथा होटल उद्योगको बृहत्तर विकासका उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेको हो । सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले सकारात्मक प्रतिक्रिया दिएको हानले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)