हमासले गर्यो गाजाको सरकार भंग
baahrakhari.com · Tue Jul 07 08:56:58 GMT 2026

काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले सोमबार गाजामा आफ्नो सरकार भंग गरेको घोषणा गरेको छ । सरकार भंगको घोषणसँगै संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त प्राविधिक समितिलाई प्रशासनिक जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । यो कदम अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताको एक हिस्साका रूपमा आएको समाचार संस्था एपी ले जनाएको छ ।
यद्यपि, हमासले आफ्ना हतियार बिसाउने वा सुरक्षाको जिम्मेवारी अन्तर्राष्ट्रिय बललाई हस्तान्तरण गर्नेबारे भने कुनै स्पष्ट प्रतिबद्धता नजनाएको बताइएको छ । समूहले यस निर्णयलाई लामो युद्धपछि गाजाको पुनर्निर्माणप्रतिको आफ्नो प्रतिबद्धताको संकेतका रूपमा प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)