भारतमा १० दिनमा तीनपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य
baahrakhari.com · Sat May 23 03:49:48 GMT 2026

काठमाडौं । भारतमा १० दिनमा तीनपटक पेट्रोल र डिजेलको मूल्य बढेको छ । दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर ९९.५१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसा प्रतिलिटरले बढेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार डिजेलको मूल्य ९१ पैसाले बढेर प्रतिलिटर ९२.४९ रुपैयाँ पुगेको छ ।
मे १५ पछि मूल्य बढेको यो तेस्रोपटक हो । मध्यपूर्वमा जारी तनावको कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियमको मूल्य बढिरहेको छ ।
बीबीसी
#पेट्रोल
#मूल्य
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)