रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
ekantipur.com · Sat Jun 18 16:41:36 GMT 2022
रुकुम पश्चिम — जिल्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जाजरकोट भेरी नगरपालिकाको रिम्नाबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको राडीबजार आउँदै गरेको लु १ ज १८९७ नम्बरको जिप शनिबार बेलुकी साढे ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आठबीसकोट नगरपालिका–११, को छोटेटारमा जिप दुर्घटना हुँदा जिप चालक बाँफिकोट गाउँपालिका–८ का अन्दाजी २६ वर्षका प्रकाश घर्ती र २४ वर्षीय कविराम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । विक अर्को गाडीको सहचालक रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)