आरुघाट–माछीखोला–लार्के सडक दुई दिन बन्द
gorkhapatraonline.com · Sat May 23 03:51:27 GMT 2026

उत्तरी गोरखाको ‘लाइफलाइन’ का रूपमा परिचित बेनीघाट–आरुघाट–लार्के सडक दुई दिन पूर्ण रूपमा बन्द हुने भएको छ । धार्चे गाउँपालिका–५ माछीखोला बेलिब्रिज माथिको उकालो सडकमा सोलिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो ।
जेठ ९ र १० गते (शसनिबार र आइतबार) उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो, “माछीखोला बेलिब्रिज माथिको सडकमा सोलिङ गर्ने कार्य भइरहेकाले सडक बन्द गर्नु परेको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)