बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसिसी तालिम
barnanmedia.com · Mon Jun 23 21:51:16 GMT 2025

काठमाडौँ, १० असारः बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ को मणिलेक माविमा विद्यार्थीका लागि एनसिसी तालिम सुरु गरिएको हो ।
सोमबारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै विद्यालयबाट ३०–३० जना विद्यार्थी एनसिसी तालिममा छनोट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)