मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने

barnanmedia.com · Mon Jun 23 22:00:00 GMT 2025

यहाँको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले सोमबार ‘उपकुलपतिसँग पत्रकार’ कार्यक्रम सञ्चालन गर्दै नेपाली जडीबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्दतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले चालु शैक्षिकसत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)