मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृृहमन्त्रीमाथि पूर्वमुख्यसचिवले छानबिन गर्ने ? माओवादीलाई फेरि झड्का

barnanmedia.com · Mon Jun 23 22:21:47 GMT 2025

भिजिट भिसामा ठगी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको प्रमुख प्रतिपक्षी माओवादीले २ बुँदे सहमति गरे पनि सदन अवरोध हुन्। रास्वपा र राप्रपा निरन्तर विरोधमा उत्रिरहेका छन्। यद्यपि सभामुख देवराज घिमिरेले सदन चलाइरहे पनि सुहाइरहेको छैन। किनकी संसदीय अभ्यासमा कुनै दल वा सांसदले विरोध गरेमा सदन अवरुद्ध भएको मानिन्छ । तर, कांग्रेस र एमालेसँगै माओवादीको पनि साथ पाएपछि घिमिरेले सदन चलाए पनि प्रभावकारी हुन सकेको छैन।

त्यही भएर सोमबारको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो। समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)