मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल गोलरहित बराबरी

rajdhanidaily.com · Mon Jun 15 23:27:43 GMT 2026

फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक-एक अङ्क जोडेका छन् ।

समूह ‘एच’अन्तर्गत आजै साउदी अरेबिया र उरुग्वेवीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचार

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

क्यानडा-बोस्निया एन्ड हर्जगोभिना बीचको खेल १–१ गोलको बराबरीमा टुंगियो

हाइटीविरुद्ध १-० को जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा

चौथो गण्डकी प्रदेशस्तरीय जिम्नास्टिकमा कास्की प्रथम

जर्मनीको प्रभावशाली जीत

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)

सम्बन्धित विषय