मुगुमा टेक्टर दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते
rajdhanidaily.com · Mon Jun 23 23:19:47 GMT 2025

मुगु । मुगु स्थित खत्याड गाउँपालिकाको माझचौर बजारबाट बालुवा लिएर वडा न ४ जिउका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा न ४ पैखु गाउँका सारदा थापा हुन् । उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरुमा सोही वडा हिगोटी गाउँका जस सार्की, दल विक, जिउका गाउँका जौकला रोकाया, धनराज रोकाया, हुकुम रोकायाकी श्रीमती, पैखु गाउँका अमना थापा, दलविर थापाकी छोरी, वडा न ६ घर भएका ट्याक्टर चालक दानबहादुर बुढथापा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)