मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘सिद्धार्थ गोल सेभर एकाउन्ट’, सानो बचतबाट अब ठूला सपना पूरा गर्न सकिने

shilapatra.com · Fri Jun 05 10:18:33 GMT 2026

भविष्यका लक्ष्यहरूलाई योजनाबद्ध रूपमा पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित सिद्धार्थ बैंकले ‘सिद्धार्थ गोल सेभर अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यो आकर्षक बचत खाता योजना बैंकले सानो–सानो बचतमार्फत ग्राहकलाई आफ्नो आर्थिक सपना साकार पार्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

अधिकांश मानिसको चाहना राम्रो शिक्षा, आफ्नै घर, विदेश भ्रमण वा अन्य व्यक्तिगत योजनाहरू हुन्छन् । तर, ती सपना योजनाबद्ध र व्यवस्थित बचतको अभावमा अधुरै रहने गर्छन् । उसो त कमाइ मात्र ठूलो कुरा होइन, कमाइको सही सदुपयोग, नियमित बचत र आवश्यकतामा सोको प्रयोग निकै महत्त्वपूर्ण कुरा हो । यही महत्त्वलाई जोड दिँदै सिद्धार्थ बैंकले योजनाबद्ध र दीर्घकालीन सोचसहितको बचत योजना ‘गोल सेभर एकाउन्ट’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)