५५ भन्दा बढी ब्रान्डसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो अगस्ट ११ देखि
nepalviews.com · Tue Jul 07 09:34:02 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले NAIMA Nepal Mobility Expo 2026 आगामी अगस्ट ११ देखि १६ (साउन २६–३१) सम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी अटोमोबाइल ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारी तथा प्रविधि सार्वजनिक (लन्च) गरिने जानकारी दिइयो । प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि र सेवाहरू प्रदर्शन गरिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)