मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी

ratopati.com · Sat Apr 25 19:13:40 GMT 2026

बागमती । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये शनिबारसम्म २९४ कैदीबन्दी मात्र कारागार फर्किएका छन् ।

कारागारका प्रमुख सुवास पौडेलका अनुसार भिमफेदी कारागारबाट भागेकामध्ये हालसम्म २ सय ९४ जना र अन्य कारागारबाट फरार ७६ कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ३९ विदेशी कैदीबन्दीमध्ये १३ मात्र कारागार फर्किएका छन् । अन्य कारागारबाट फरार भई भिमफेदी कारागार फर्किएकामध्ये ५० जनालाई सम्बन्धित कारागारमा स्थानान्तरण गरिएको र २२ जना भिमफेदी कारागारमा रहेका प्रमुख पौडेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)