करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
ratopati.com · Sat Apr 25 19:38:44 GMT 2026

वैशाख १३ गते आइतबारदेखी वैशाख १९ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अघि बढ्न सकिनेछ । तर पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउने सक्छ । आउने ठाउँबाट रकम नआउनाले व्यवसायमा लगानी गर्ने अवसर टरेर जानेछ । ऋण, रोग तथा शत्रुको सामना गर्नु पर्ने हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)