एकीकृत समाजवादीद्वारा उपाध्यायको निधनप्रति दुःख व्यक्त
ratopati.com · Sun Mar 05 22:31:00 GMT 2023
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयका सचिव गङ्गालाल तुलाधरले एक शोक विज्ञप्ति जारी गर्दै उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
तुलाधरले जारी गरेको शोक वक्तव्यमा उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनको आकस्मिक निधनबाट पार्टी मर्माहत भएको उल्लेख छ । शोक विज्ञप्तिमा पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान गरेका उपाध्यायप्रति श्रद्धाञ्जली अपर्ण गर्दै पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)