फिफा विश्वकप: साउदी अरब र उरुग्वेबीचको खेल १-१ गोलको बराबरीमा सकियो
lokaantar.com

फिफा विश्वकप अन्तर्गत समूह 'एच' को रोमान्चक खेलमा साउदी अरब र उरुग्वेले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
मियामी स्टेडियममा मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धामा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक अग्रता लिन सकेनन्।
खेलको पहिलो हाफमा साउदी अरबले आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलको ४१ औं मिनेटमा अब्दुलइलाह अल अम्रीले गोल गर्दै साउदी अरबलाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा साउदी अरब १-० ले अगाडि रहेको थियो।
दोस्रो हाफमा उरुग्वेले पुनरागमनका लागि निकै प्रयास गर्यो। जसअनुसार ८० औं मिनेटमा सफलता प्राप्त गर्यो।
फेडरिको विनासको हेडरलाई साउदी गोलरक्षक मोहम्मद अल ओवेसले बचाए पनि रिबाउन्डमा आएको बललाई म्याक्सी अराउजोले गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए।
खेलको अन्तिम समयमा उरुग्वेले जितका लागि निकै दबाब सिर्जना गरेको थियो। ९० मिनेटपछिको थप गरिएको ७ मिनेटको इन्जुरी समयमा उरुग्वेका फेडरिको भाल्भर्डेको कडा प्रहारलाई साउदी गोलरक्षक अल ओवेसले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमै राख्न सफल भए।
साउदी अरबले खेलको उत्तरार्धमा रक्षात्मक रणनीति अपनाउँदै अली लाजामी, अला अल हेज्जी र अब्दुल्लाह अल हम्दान जस्ता खेलाडीहरूलाई मैदान प्रवेश गराएको थियो।
यसअघि सोही समूहको अर्को खेलमा युरोपेली च्याम्पियन स्पेनलाई केप भर्डले बराबरीमा रोकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा