यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु
annapurnapost.com · Sat May 23 04:42:30 GMT 2026

गोरखा : यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो।
वुद्ध हिमालको फेदमा यार्सागुम्बा संकलन गरेर फर्कनेक्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए। उनको शव गाउँमा ल्याई शुक्रबार गुरुङ परम्परा अनुसार अन्त्येष्टि गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)