प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता
gorkhapatraonline.com · Tue Jun 16 00:18:19 GMT 2026

। सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचारसंहिता जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृतको व्यवहारमा निष्पक्ष, तटस्थ, अनुशासित, मर्यादित र सदाचारिता बनाउन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै आचारसंहिता जारी गरेको हो । मन्त्रालयले उक्त आचारसंहिता जारी गरी कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको छ ।
आचारसंहितामा स्थानीय तहको कार्य जिम्मेवारीप्रति प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार र लगनशील रहनुपर्ने, स्थानीय तहको कार्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पर्कमा रहने जनप्रतिनिधि, सेवाग्राही र सरोकारवालासँग सहयोगीका रूपमा इमानदार रही सेवाप्रवाहमा प्रतिबद्ध रहनुपर्ने गरी मन्त्रायले आचारसंहिता बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं