मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तस्बिर आफैँ बोल्थ्यो, अहिले बोल्दैन

gorkhapatraonline.com · Sat Apr 25 23:24:59 GMT 2026

पत्रकारिताको मर्म अभिव्यक्त गर्ने ‘एउटा तस्बिरले हजार शब्द बोल्छ’ भन्ने मान्यता छ । त्यही मान्यता शिरोपर गर्दै गोरखापत्रमा ९९ वर्षअघि आजकै दिन गोरखापत्र दैनिकमा आममहिलाको तस्बिर छापिएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष आज (वैशाख १३ गते) कै दिन राष्ट्रिय फोटो पत्रकारिता दिवस नेपालमा मनाइँदै छ ।

विक्रम संवत् १९८४ वैशाख १३ गते वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठिनीको तस्बिर गोरखापत्रमा पहिलो आममहिलाका रूपमा छापिएको थियो । कामधेनु चर्खामा धागो कातिरहेको उक्त तस्बिरै नेपाली पत्रकारिताको इतिहासमा पहिलो मानक तस्बिर मानिएको छ । त्यसअघि विसं १९५८ वैशाख २४ गते पहिलो पटक गोरखापत्र प्रकाशन भएको थियो । त्यसको करिब २६ वर्षपछि मात्र आमनागरिकको जीवन झल्कने अर्थपूर्ण तस्बिर छापिएको इतिहासका रूपमा वैशाख १३ गतेलाई स्मरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)