डाक्टरका रूपमा गोविन्द केसीले देखेको नेपाल
ratopati.com · Sat May 23 04:58:44 GMT 2026

हाड जोर्नी विशेषज्ञ तथा सामाजिक अभियन्ता डा. गोविन्द केसीले तस्बिरहरूको सङ्गालो र सन्दर्भलाई समेटेर पुस्तक प्रकाशित गरेका छन् । करिब चार दशक लामो चिकित्सक पेसामा सक्रिय रहेका केसी ०७६ असोज २७ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाट सेवा निवृत्त भएका थिए । यस अवधिमा देश भरी खिचिएकामध्ये केही तस्बिरहरू सङ्कलन गरी ‘एक साधारण नागरिक तथा सामान्य डाक्टरले देखेको नेपाल’ नामक पुस्तक बजारमा ल्याएका छन् उनले ।
पुस्तकको भाषा सम्पादक डा. जीवन क्षेत्रीले गरेका छन् भने पुस्तकको प्रकाशक र लेखक केसी आफै हुन् । चार सय २० पृष्ठको यस पुस्तकको डिजाइन ‘डिजाइन चौतारी’ले गरेको छ । लेखकले आफू पुगेका ठाउँका तस्बिरसँगै आफू पुगेको ठाउँबारे संक्षिप्त विवरण र वस्तुगत अवस्था पुस्तकमार्फत उजागर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)