मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनको कोइला खानीमा ग्यास विस्फोट, ८ जनाको मृत्यु

newsofnepal.com · Sat May 23 05:12:09 GMT 2026

काठमाडौ ।

उत्तरी चीनको शानक्सी प्रान्तस्थित लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३८ जना अझै वेपत्ता रहेका छन्। शुक्रबार साँझ भएको विस्फोटका बेला खानीमा २४७ कामदार रहेका थिए। तीमध्ये २०१ जनालाई सुरक्षित उद्धार गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारमा सबै प्रयास गर्न र घटनाको गहन अनुसन्धान गर्न निर्देशन दिएका छन्। खानीमा कार्बन मोनोअक्साइडको मात्रा अत्यधिक बढेको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ। चीनमा पछिल्ला वर्षहरूमा खानी सुरक्षामा सुधार भए पनि सुरक्षा कमजोरीका कारण यस्ता दुर्घटना अझै दोहोरिने गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)