मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘विश्वास लोक सेवाको ठुलो सम्पत्ति’

gorkhapatraonline.com · Tue Jun 16 00:39:37 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले कर्मचारी छनोटको उच्चतम कसी निष्पक्षता र योग्यताको अन्तर्यलाई अवलम्बन गरेकाले लोक सेवा आयोगप्रतिको आमनागरिकको भरोसा बढेको बताउनुभएको छ । उहाँले योग्यता, निष्पक्षता र स्वच्छता जस्तो मूल सिद्धान्तको जगमा रहेर प्रभावकारी तवरले कार्यसम्पादन गर्नु खुसीको विषय भएको उल्लेख गर्नुभयो ।

लोक सेवा आयोगको ७६ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सरकारी सेवामा कर्मचारी छनोट र भर्ना गर्ने एउटा महत्वपूर्ण निकाय आयोगले सदैव असल र उम्दा कर्मचारी छनोट गर्न सक्ने गरी अगाडि बढ्नुपर्ने आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्ना कामलाई आधुनिक प्रविधिमा आधारित बनाउँदै कर्मचारी छनोटमा समयसापेक्ष परीक्षण विधि र प्रविधि अवलम्बन गर्दै जानुपर्नेतर्फ विशेष ध्यान दिनु पर्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय