मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड दिल्लीमा : आज र भोलि उच्चस्तरीय वार्ता 

nayapatrikadaily.com · Sat Jul 16 00:48:00 GMT 2022

तीनदिने औपचारिक भ्रमणका क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिल्ली पुगेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले शनिबार र आइतबार उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रचण्डलाई दिल्ली जानुअघि विमानस्थलमा माओवादीका स्थायी समिति सदस्यहरूले बिदाइ गरेका थिए । दिल्लीमा प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले, नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी र भारतीय विदेश मन्त्रालयको नेपाल–भुटान डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । प्रचण्डसँग उनकी छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल साथमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)