उत्तरी नाकातर्फ पहुँच बढाउँदै कर्णाली
nagariknews.nagariknetwork.com · Sat May 23 04:57:49 GMT 2026

हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाका अदनसिंह बोहराले गाउँबाटै गाडी चढेर राजधानी काठमाडौं पुगिएला भन्ने कल्पना गरेका थिएनन्। हुम्लीका लागि राजधानी काठमाडौंभन्दा उत्तरको छिमेकी देश चीन जान नजिक थियो । सिमकोट दक्षिणबाट सडकमार्गले नजोडिँदै उत्तरको हिल्सासम्म जोडिइसकेको थियो।
गत वर्ष मात्रै सिमकोट संघीय राजधानी काठमाडौंसँग सडकमार्गबाट जोडिएको हयो । योसँगै नेपालका ७७ वटै जिल्ला सदरमुकाममा सडकको पहुँच पुगेको छ । कालीकोेटको खुलालुदेखि सुरु हुने कर्णाली करिडोर चीनको सीमा हिल्सासम्म पुग्छ । यो सडकको भर्खरै ट्र्याक खुलेकाले खोला र नदीहरूमा पुल बनेका छैनन् । बर्खाबाहेक समयमा अहिले कर्णाली उत्तरको छिमेकी चीनसँग स्थलमार्गले जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)