ठमेलमा बढे भारतीय पर्यटक
barnanmedia.com · Tue Jul 07 10:34:02 GMT 2026

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पहिले पहिले प्रायः अरु देशका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता हुने गरेको छ ।
प्रकृति, संस्कृति र साहसिक खेलका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको नेपाल घुम्नका लागि पछिल्लो समय भारतीय पर्यटकहरू आउने गरेका छन् । केही समययतादेखि काठमाडौँको ठमेल क्षेत्रमा साँझपख भारतीय पर्यटकको विशेष चहलपहल देखिन थालेको यहाँका होटल तथा अन्य पर्यटन व्यवसायीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)